News Summary
Generated by OK AI. Editorially reviewed.- गत आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सकिएपछि हालसम्म १३ म्युचुअल फन्ड योजनाले लाभांश घोषणा गरेका छन्।
- सेयर बजार सुस्ताउँदा सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इक्विटी फन्ड २ ले यो वर्ष लाभांश नदिने भएका छन्।
- घोषित लाभांश २.९० प्रतिशतदेखि १० प्रतिशतसम्म छ, जसमा कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाले १० प्रतिशत घोषणा गरेका छन्।
४ भदौ, काठमाडौं । म्युचुअल फन्डले धमाधम लगानीकर्ताका लागि लाभांश घोषणा गरिरहेका छन् । गत आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण कार्य सम्पन्न गरी हालसम्म विभिन्न १३ योजनाले लाभांश घोषणा गरिसकेका छन् । म्युचुअल फन्डले नगद लाभांश प्रदान गर्दछन् ।
बन्दमुखी र खुलामुखी गरी २ किसिमका म्युचुअल फन्ड सञ्चालनमा रहेका छन् । खुलामुखी योजनाको लाभांशबाट पुनः इकाइ खरिद गर्न पनि सकिनेछ भने बन्दमुखी योजनाको लाभांश बुक क्लोज पछि बैंक खातामा प्राप्त हुने योजना व्यवस्थापकहरूले जनाएका छन् ।
यो वर्ष कतिपय म्युचुअल फन्ड लाभांश दिन नसक्ने अवस्थामा पनि छन् । मुख्यतः सेयर बजार सुस्ताउँदा यो वर्ष केहीले लाभांश दिन नसक्ने अवस्था छ भने, धेरैले एकल दरमा भए पनि लाभांश घोषणा गरेका छन् ।
म्युचुअल फन्डले संकलित आफ्नो रकमको अधिकांश हिस्सा धितोपत्र बजारमा लगानी तथा कारोबार गरी आएको नाफाबाट वितरण गर्दछन् । धितोपत्र बजारले राम्रो प्रदर्शन गर्दा यस्ता योजनाको लाभांश पनि राम्रो हुने गर्दछ, तर बजार सुस्ताउँदा लाभांश दर पनि घट्ने गरेको छ ।
म्युचुअल फन्डको लाभांश दर पनि विगतभन्दा खस्किएको छ । सिद्धार्थ इक्विटी फन्ड तथा सिद्धार्थ इक्विटी फन्ड २ ले यो वर्ष लाभांश नदिने भएका छन् ।
हालसम्म लाभांश घोषणा गरेका म्युचुअल फन्डमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३, एनएमबी ५०, एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड २, एनएमबी हाइब्रिड फन्ड एल २, एनएमबी सरल बचत फन्ड ई, रिलायबल समृद्धि योजना, कुमारी इक्विटी फन्ड, कुमारी धनवृद्धि योजना, कुमारी सबल योजना, कुमारी सुनौलो लगानी योजना, एमबीएल इक्वीटी फन्ड, सिद्धार्थ व्यवस्थित लगानी योजना रहेका छन् ।
स्रोत : पत्रपत्रिकामा सार्वजनिक सूचना
प्रतिक्रिया 4