+
+
Shares

गरिमा हत्या विरोधमा इलाका प्रहरी कार्यालय सिमरा घेराउ

विद्यालयदेखि ग्रामीण सडक पनि बन्द

इलाका प्रहरी कार्यालय सिमरा घेराउ गर्दै उनीहरूले डीएसपी क्षेत्रीलाई कारबाही गर्नुपर्ने माग अघि सारेका हुन् ।

सुनिल गाउँले सुनिल गाउँले
२०८३ भदौ ४ गते १४:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको जीतपुरसिमरामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीयले ग्रामीण सडकसहित यातायात ठप्प पारेका छन्।
  • जीतपुरसिमराका निजी र सामुदायिक विद्यालयले शोकसभा गरेर विद्यालय बन्द गरेका छन् र दोषीलाई हदैसम्म कारबाही गर्न माग गरेका छन्।
  • स्थानीयले गरिमाको खोजीमा लापरबाही गरेको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलिप क्षेत्रीमाथि कारबाहीको माग गरेका छन्।

४ भदौ, बारा । तीन बर्षिया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा आक्रोशित स्थानीयबासीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्रका ग्रामीण सडक समेत बन्द गराएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका भित्रका नीजि तथा सामुदायिक विद्यालयहरूले बिहीबार शोक सभा गरेर विद्यालय बन्द गरेका छन् ।

तीन बर्षिया बालिकामाथि भएको क्रुर घटनाबाट सम्पूर्ण शैक्षिक क्षेत्र स्तब्ध भएको भन्दै निजी तथा सामुदायिक विद्यालयहरूले विज्ञप्ति प्रकाशन गरेर घटनाका दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।

प्रहरीले समयमै ध्यान नदिएकाले बालिकाको हत्या भएको भन्दै बुधबारदेखिको आन्दोलनलाई आज पनि जारी राखेका छन् ।

आन्दोलित स्थानीयले बिहीबार बिहानैदेखि उपमहानगरपालिका भित्रका ग्रामीण सडकहरूमा समेत टायर बालेर प्रदर्शन गरिरहेका छन् । यसअघि बुधबार दिउँसोबाट बन्द रहेको वीरगञ्ज–पथलैया सडक खण्डमा यातायात चल्न सकेको छैन ।

गरिमाको खोजीमा इलाका प्रहरी कार्यालयले गम्भीर लापरबाही गरेको स्थानीयको आरोप छ । गरिमा हराएको बारेमा उनको बुबाले समयमै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएको भए पनि खोजीमा गम्भीरता नदेखाएको उनीहरूको आरोप छ ।

स्थानीयले इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज डीएसपी दिलिप क्षेत्रीलाई कारबाही गर्नुपर्ने माग राखेर अहिले प्रदर्शन गरिरहेका छन् ।

इलाका प्रहरी कार्यालय सिमरा घेराउ गर्दै उनीहरूले डीएसपी क्षेत्रीलाई कारबाही गर्नुपर्ने माग अघि सारेका हुन् ।

आन्दोलनरत पक्षले टायर बालेर जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा–डुमरवाना खण्ड, पिलुवा–वडहर्वा खण्ड, सिमरा–जीतपुर तथा पथलैया–सिमरा खण्डमा पूर्ण रूपमा यातायात ठप्प छ ।

बारा जिल्ला प्रशासनले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने विषयमा आफूहरु सकारात्मक रहेको र छलफलको प्रयास भइरहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले आजै दिउँसो आन्दोलनरत पक्षको माग समेट्ने गरी निर्णायक वार्ता गर्ने तयारी भइरहेको बताए ।

‘हामीले दोषी पक्राउ गरिसकेका छौं, प्रहरीको लापर्वाहीका विषयमा स्थानीयले उठाउनुभएको माग जुन छ, त्यसमा हामी आँफै भेरीफाई गर्दैछौं’ प्रजिअ मिश्रले भने ।

लेखक
सुनिल गाउँले

दुई दशकदेखि पत्रकारिता गरिरहेका गाउँले अनलाइनखबरका बारास्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?