News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेशको संसद्ले मिर्जा फखरुल इस्लाम आलमगीरलाई २५५ मतसहित देशको नयाँ राष्ट्रपति चयन गरेको छ ।
- करिब ३५ वर्षपछि बंगलादेशमा २३औँ राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदानमार्फत भएको थियो ।
- प्रतिद्वन्द्वी अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत पाएका छन्, र आलमगीर बीएनपीका नेता तथा शेख हसिनाका प्रमुख विरोधीमध्ये एक हुन् ।
५ भदौ, काठमाडौं । बंगलादेशको संसद्ले मिर्जा फखरुल इस्लाम आलमगीरलाई देशको नयाँ राष्ट्रपति चयन गरेको छ।
करिब ३५ वर्षपछि बंगलादेशमा २३औँ राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदानमार्फत भएको थियो ।
सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का तर्फबाट उम्मेदवार बनेका मिर्जा फखरुल इस्लाम आलमगीर २५५ मत प्राप्त गर्दै राष्ट्रपति निर्वाचित भएका छन् ।
उनका प्रतिद्वन्द्वी उम्मेदवार अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत पाए ।
राष्ट्रपति चुनिएका आलमगीर सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टीका नेता हुन् । उनी पूर्वप्रधानमन्त्री शेख हसिनाका प्रमुख विरोधीमध्ये एक रहँदै आएका छन् ।
सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि शेख हसिनालाई सत्ताबाट हटाइएको थियो । शेख हसिना अहिले भारतमा बस्दै आएकी छन् । बंगलादेशले भारतसँग उनको प्रत्यर्पण गर्न माग गरेको छ ।
आलमगीरले कठिन समयमा बीएनपीको नेतृत्व गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनलाई विभिन्न समयमा पटक–पटक गिरफ्तारसमेत गरिएको थियो ।
बंगलादेशमा राष्ट्रपतिको पद मुख्यतः औपचारिक मानिन्छ । तर प्रस्तावित सुधारअनुसार राष्ट्रपतिको पदलाई थप अधिकार प्रदान गर्न सकिने बताइएको छ, जसले देशका शीर्ष नेताहरूबीच शक्ति सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4