+
+
Shares

सडकमार्ग हुँदै पोखरातर्फ लागे प्रधानमन्त्री बालेन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सडक मार्ग हुँदै पोखरातर्फ प्रस्थान गरेका छन् ।
  • उनी पोखरा हुँदै मुस्ताङसम्म पुग्ने कार्यक्रम छ ।
  • प्रधानमन्त्री सवार गाडी आज बिहान धादिङको पृथ्वी राजमार्ग खण्डमा केहीबेर रोकिएर पुनः पोखरातर्फ प्रस्थान गरेको छ ।

५ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सडक मार्ग हुँदै पोखरातर्फ प्रस्थान गरेका छन् । उनी पोखरा हुँदै मुस्ताङसम्म पुग्ने कार्यक्रम छ ।

उनी सवार गाडी आज बिहान धादिङको पृथ्वी राजमार्ग खण्डमा केहीबेर रोकिएको थियो । त्यहाँबाट उनी पुन: पोखरातर्फ प्रस्थान गरेको धादिङ सुरक्षा स्रोतले बतायो ।

प्रधानमन्त्रीको यात्राको गन्तव्यबारे भने धादिङ प्रहरीले अनभिज्ञता प्रकट गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका एक अधिकृतले प्रधानमन्त्रीसहितको टोली केहीबेर पृृथ्वी राजमार्ग अन्तर्गत धादिङ खण्डमा रोकिएको तर थप केही थाहा नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?