+
+
Shares

एक्स्ट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एक्स्ट्रिम इनर्जी ड्रिंकले भदौ ६ र ७ गते काठमाडौंको दशरथ रंगशालास्थित राखेप कभर्ड हलमा ‘एक्स्ट्रिम २०२६ पीएमएनसी नेपाल फल’ आयोजना गर्ने भएको छ।
  • दुईदिने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
  • ‘रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताका उत्कृष्ट टोली र खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि बढ्ने अवसर पाउनेछन्।

५ भदौ, काठमाडौं । युवापुस्ता माझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपालमा ई-स्पोर्ट्सको बढ्दो लोकप्रियतालाई लक्षित गर्दै ‘एक्स्ट्रिम २०२६ पीएमएनसी नेपाल फल’ आयोजना गर्ने भएको छ । दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भदौ ६ र ७ गते प्रतियोगिता हुनेछ ।

आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितालाई एक्स्ट्रिम इनर्जी ड्रिंकले प्रवद्र्धन गरेको छ । प्रतियोगितालाई ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ का रूपमा प्रस्तुत गरिएको छ ।

‘रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि बढ्ने अवसरसमेत पाउने आयोजकले जनाएको छ ।

यसअघि पनि एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपालका विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ । पछिल्लो समय कम्पनीले क्रिकेटसहित विभिन्न खेलसँग आफ्नो ब्रान्डलाई जोड्दै आएको छ।

पीएमएनसी नेपाल फलको ग्रान्ड फाइनल भने नेपाली ई–स्पोर्टस प्रेमीका लागि विशेष आकर्षण बन्ने देखिएको छ । दुईदिने प्रतिस्पर्धामा उपाधिका लागि टोलीहरूबीच हुने प्रतिस्पर्धासँगै नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने सम्भावित टोलीमाथि पनि सबैको नजर रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?