News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकबाट पर्वतकुमार कार्कीलाई नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।
- उदयपुरका स्थायी बासिन्दा कार्की नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत भएका हुन् र यसअघि पनि कोषको कार्यकारी निर्देशक थिए।
- कार्कीले ग्रिफिथ विश्वविद्यालयबाट एमबीएफ र त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।
५ भदौ, काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ । उदयपुरका स्थायी बासिन्दा कार्कीलाई भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत भएका कार्की यसअघि पनि कोषको कार्यकारी निर्देशक थिए । उनी २०८० माघ ३ गते कोषको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका थिए ।
राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामिण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा काम गरेको उनीसँग अनुभव छ ।
कार्कीले अष्टे«लियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबीएफ) गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट व्यववस्थापनमा स्नातकोत्तर गरेका छन् ।
उनले केन्द्रीय बैकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायतका विषयमा अन्तर्राष्ट्रिय तालिमहरू प्राप्त गरेका छन् ।
प्रतिक्रिया 4