News Summary
Generated by OK AI. Editorially reviewed.- बाराकी ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा सांसदहरूले सरकारसँग जवाफ मागेका छन्।
- राष्ट्रिय सभामा बोल्दै पूजा चौधरी, रुक्मिणी कोइराला र रेणु चन्दलगायतले प्रहरीले समयमै किन एक्सन लिएन भन्दै प्रश्न गरे।
- प्रहरीले छिमेकी १६ वर्षीय किशोर र २४ वर्षीय प्रोग्रेश चौधरीलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।
५ भदौ, काठमाडौं । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयमा सांसदहरूले सरकारको जवाफ खोजेका छन्।
राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरू पूजा चौधरी, रुक्मिणी कोइराला, रेणु चन्दलगायतले यसबारे सरकारले जवाफ दिनुपर्ने बताएका हुन् ।
‘सरकारलाई प्रश्न छ, बच्ची हराएको जानकारी गराउँदा पनि प्रहरीले बेलैमा किन एक्सन लिएन ?’ सांसद चन्दले सोधिन्।
सांसदहरूले यो घटनामा दोषी रहेकालाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
यो घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परिसकेका छन्। प्रहरीका अनुसार साउन ३१ गते बिहान जितपुर सिमरा उपमहानगरपालिका १ दसधुरे टोलीकी तीन वर्षीया बालिका गरिमा चौधरी एकाएक घरबाटै हराएकी थिइन् । उनको शव तीन दिनपछि छिमेकीको घरमा भेटिएको थियो।
गरिमाकी आमा मानमतिले साढे ३ घण्टासम्म नदेखेपछि सिमरा र पथलैया प्रहरीलाई जानकारी गराएकी थिइन्। प्रहरीले खोज्छौं भन्ने जवाफ दिएका थिए ।
यसमा संलग्न रहेको आरोपमा छिमेकी १६ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती किशोरको बयानका आधारमा २४ वर्षीय प्रोग्रेश चौधरी पनि पक्राउ परेका छन् ।
प्रतिक्रिया 4