+
+
Shares

कानुन बनाएर मन्त्रीले एक जना मात्रै स्वकीय सचिव राख्ने व्यवस्था गर्न माग

अहिले रास्वपा नेतृत्वको सरकारका मन्त्रीले दर्जनौं स्वकीय सचिवालय राखेर चलाइराखेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १४:४०

५ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीले एक जना मात्रै स्वकीय सचिव राख्न पाउने गरी ऐन बनाउन माग गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले यस्तो माग राखेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफू सरकारमा नहुँदा मन्त्रीको स्वकीय सचिवालयको संख्या कटौती गर्ने प्रस्ताव राखेको बताए । तर, अहिले रास्वपा नेतृत्वको सरकारका मन्त्रीले दर्जनौं स्वकीय सचिवालय राखेर चलाइराखेको बताए ।

‘यो राज्यको दोहन र साधन/स्रोतको दुरुपयोग हो,’ उनले भने, ‘यसबारे कानुन बनाएरै व्यवस्थित गर्नुपर्छ ।’

उनले दर्जनौं रहेका स्वकीय सचिवालय, स्वकीय सचिवहरू, सल्लाहकार कटौती गरेर मन्त्रीलाई एक जना मात्रै स्वकीय सचिव रहने व्यवस्था गर्न उनले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?