+
+
Shares

घट्यो सेयर बजार, जलविद्युत् कम्पनीहरूको मात्रै ६० प्रतिशत कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबार सेयर बजार १०.६७ अंक घटेर नेप्से २६१८ अंकमा पुगेको छ ।
  • आज बजारमा ४ अर्ब १६ करोडको कारोबार भएको छ, जुन अघिल्लो दिनको ४ अर्ब ४० करोडभन्दा कम हो ।
  • ७० कम्पनीको मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ, र जलविद्युत् समूहमा २ अर्ब ५० करोडको कारोबार भएको छ ।

५ भदौ, काठमाडौं । अघिल्लो दिन ७.१७ अंक बढेको सेयर बजार शुक्रबार फेरि १०.६७ अंक घटेको छ । यो कमीपछि बजार परिसूचक नेप्से २६१८ अंकमा कायम भएको छ। आज कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब १६ करोडको भयो ।

७० कम्पनीको मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ । १० को मूल्य स्थिर रह्यो । समूहगत सूचकमा अन्य सबैभन्दा धेरै १.०६ प्रतिशत घट्यो ।

त्यस्तै बैंकिङ ०.०४, विकास बैंक ०.५४, फाइनान्स ०.४३, होटल तथा पर्यटन ०.१०, जलविद्युत् ०.६६, लगानी ०.१९, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.४४, निर्जीवन बीमा ०.०४ तथा व्यापार ०.६८ प्रतिशत घटे ।

समूहगत कारोबार हेर्दा सधैंझैं जलविद्युत् समूहको सबैभन्दा धेरै कारोबार भयो । सो समूहको २ अर्ब ५० करोडको कारोबार भयो । कुल कारोबारमा यो समूहको हिस्सा ६० प्रतिशत हो ।

त्यस्तै वाणिज्य बैंकहरुको ३३ करोड, उत्पादन तथा प्रशोधन ४२ करोड रुपैयाँ बराबरको कारोबार भयो । हालै सूचीकृत सर्वोत्तम पेन्ट्स्को मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै पन्चकन्या माइ हाइड्रोको १३.८६, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ५.५१, हाथवे इन्भेस्टमेन्टको ४.९९, प्रतिशत मूल्य बढ्यो ।

धौलागिरि लघुवित्तको मूल्य ५.२६, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको ४.१७, ग्रामीण विकास लघुवित्तको ३.८७ प्रतिशत मूल्य घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, रिडी पावर, सानिमा माइ हाइड्रोपावर, सानिमा मिडिल तमोर, माउन्टेन इनर्जी तथा साहस ऊर्जा क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?