+
+
Shares

बागमतीका मुख्यमन्त्री किरण थापामगरले आइतबार विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आइतबार (७ भदौ)मा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १५:२५

५ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आइतबार (७ भदौ)मा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै प्रदेशसभाको आठौँ अधिवेशनको १८ औँ बैठक भदौ ७ गते आइतबार दिउँसो १ बजे बस्ने जनाएको हो ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सभामुखले बैठक बस्ने मिति र समय निर्धारण गरेका छन् ।

उक्त बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार थापाले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

बागमतीमा नयाँ सत्ता समीकरणअन्तर्गत एमाले, नेकपा र राप्रपाको समर्थनमा ४ भदौ बिहीबार थापा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?