+
+
Shares

गरिमाको न्याय माग्दै शान्तिबाटीकामा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ६ गते १४:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या भएकी गरिमा चौधरीलाई न्याय माग्दै शनिबार काठमाडौंको शान्तिबाटीमा प्रदर्शन गरेको छ।
  • प्रदर्शनकारीले बलात्कार र हत्याजस्ता जघन्य अपराधविरुद्ध कडा कानून लागू गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
  • बारा जितपुरसिमरा–१ दसधुरीकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको खुलेपछि देशव्यापी विरोध भइरहेको छ।

६ भदौ, काठमाडौं । स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या भएकी गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौंको शान्तिबाटीमा प्रदर्शन गरेको छ ।

उक्त घटनाका दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गर्दै स्वतन्त्र आमा नेपाल नामक संस्थाको अगुवाईमा शनिबार प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले बलात्कार र हत्या जस्ता जघन्य अपराधबिरुद्ध कडा कानुन लागू गर्न माग गरेका छन् ।

उनीहरुले वलत्कारी र हत्यारालाई कडा कानूनी कारवाही गर, पीडितलाई न्याय दे लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दैै नारावाजी गरेका थिए ।

बारा जितपुरसिमरा–१ दसधुरीकी तीन वर्षीया छोरी गरिमा चौधरीको बलात्कारपछि हत्या भएको खुलेपछि देशव्यापी विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?