News Summary
Generated by OK AI. Editorially reviewed.- केपी शर्मा ओलीले वर्तमान सरकारले जनतालाई डर, त्रास र आतंकमा राख्ने काम गरिरहेको आरोप शनिबार नगरकोटमा लगाए ।
- ओलीले सरकार बनेको दिन आफूलाई गिरफ्तार गरेर अन्य सर्वसाधरणलाई पनि थर्कमान गराइएको टिप्पणी गर्दै आफू नडराउने जिकिर गरे ।
- उनले प्रतिगमनबाट देश फर्काउन, प्रतिगमनकारीहरूलाई पराजित गर्न, अपहरित लोकतन्त्र फिर्ता ल्याउन र मिचिएको संविधान जोगाउनुपर्ने बताए ।
६ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनतालाई त्रास र डरमा राख्ने काम गरिरहेको आरोप लगाएका छन् ।
शनिबार नगरकोटमा आयोजित पार्टीको जनसंगठन समन्वय संयन्त्र कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकार बनेकै दिन आफूलाई गिरफ्तार गरेर सरकारले अन्य सर्वसाधरणलाई पनि थर्कमान गराएको टिप्पणी गरे ।
‘सरकार बनेको दिन पहिलो निर्णय केपी ओलीलाई समाउने भन्ने गरेर रातभर लगाएर बिहानपख गिरफ्तार गर्यो । मलाई गिरफ्तार किन गरेको भने,’ उनले थप प्रष्ट पार्दै भने, ‘उसलाई थाहा छ मैले यस्ता बारुला मात्रै होइन, कति अरिंगाल, कति बच्छ्यूँ खाएको छ । त्यसकारण म यी बारुलासँग म डराउँछु भन्ने कुरा उनीहरूलाई पनि थाहा छैन ।’
उनले सरकारलाई ‘बारुला’ को संज्ञा दिँदै आफू नडराउने जिकिर गरे ।
‘सम्बोधनको क्रममा थप भनेका छन्, ‘केपी ओलीलाई त समाइयो अरुलाई के हो र ? भनेर थर्कमान गराउन मलाई समाइयो । यी बारुलासँग डराएर हामीले देश सधैं यिनीहरूका जिम्मा लगाउन सकिंदैन । आजको आवश्यकता हो, प्रतिगमनबाट देश फर्काउनू, प्रतिगनकारीहरूलाई पराजित गर्नू, अपहरित लोकतन्त्र फिर्ता ल्याउनू, मिचिएको संविधानलाई मिच्न नदिनू र फेरि ल्याउनू । सुशासन र विकासको बाटोमा फेरि देशलाई ट्र्याकमा ल्याउनू हो ।’
ओलीले सम्बोधनको क्रममा थप व्याख्या गर्दै भनेका छन्–
जसलाई पाता कास्नु छ त्यसलाई पाता कस्नका लागि, जसलाई जेल हाल्नु छ त्यसलाई जेल हाल्नका लागि, जसलाई बदनाम गर्नुछ त्यसलाई बदनाम गर्नका लागि, जसको सम्पत्तिमा आँखा लागेको छ, त्यसको सम्पत्ति जफत गर्न, बैंक खाता बन्द गरिदिन, कुन ठेकेदार डुबाउन मन छ, कसले पैसा दिएन भनेजति त्यसलाई डुबाइदिनका लागि कारोबार रोकिदिएपछि उसका औजारहरू त सबै खिया लागेर जाने भए, बैंकको लोन बढेको बढ्यै हुने भयो, मजदुरले पारिश्रमिक खोज्ने भए । जुन ठाउँमा भाडामा लिएको थियो, त्यो ठाउँको भाडा तिर्नुपरेको छ । त्यत्रो सामान, लोन सबै फ्रिज गराइदिएपछि सुकुमवासीभन्दा बेहाल हालतमा पुग्छ र मान्छे बाँच्न नसक्ने अवस्थामा पुग्छ । त्यो स्थितिमा पुर्याउने षड्यन्त्र भइरहेको छ । नेपाली जनतालाई डर, त्रास आतंक सिर्जना गरेको छ । तमासा गरेको छ ।
प्रतिक्रिया 4