+
+
Shares

सरकारी निकायलाई विन्डोज–१० को साटो लिनक्स प्रयोग गर्न चीनको निर्देशन 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ६ गते १६:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनियाँ सरकारले केही सरकारी निकायलाई माइक्रोसफ्टको विन्डोज–१० हटाएर स्वदेशी लिनक्स प्रयोग गर्न निर्देशन दिएको छ।
  • डिजिटल आत्मनिर्भरता बढाउने र विदेशी प्रविधिमाथिको निर्भरता घटाउने उद्देश्यले अगस्ट २१, २०२६ मा निर्णय सार्वजनिक गरिएको हो।
  • निर्णयपछि काइलिन सफ्टवेयर र युनियनटेकको सेयर मूल्य बढेको छ, तर सबै सरकारी कम्प्युटरमा तत्काल परिवर्तन गर्न कठिन हुने बताइएको छ।

चिनियाँ सरकारले आफ्ना केही सरकारी निकायहरूलाई माइक्रोसफ्टको विन्डोज–१० सफ्टवेयर हटाएर स्वदेशी लिनक्स प्रयोग गर्न निर्देशन दिएको छ ।

डिजिटल आत्मनिर्भरता बढाउने र विदेशी प्रविधिमाथिको निर्भरता घटाउने मुख्य उद्देश्यसहित चीनले अगस्ट २१, २०२६ मा यो नयाँ निर्णय सार्वजनिक गरेको हो ।

न्युजबाइट्सले उल्लेख गरेअनुसार, सुरक्षासम्बन्धी केही समस्याहरूलाई ध्यानमा राख्दै यो कदम चालिएको बताइएको छ । यद्यपि माइक्रोसफ्टले भने आफ्नो कस्टम विन्डोजमा कुनै पनि समस्या नरहेको स्पष्ट पारेको छ ।

यो घोषणापछि चीनका स्थानीय लिनक्स अपरेटिङ सिस्टम निर्माताहरू काइलिन सफ्टवेयर र युनियनटेकको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

काइलिन ओएस र युओएस जस्ता सिस्टमहरू पहिले नै सरकारी कार्यालय, सरकारी स्वामित्वका कम्पनीहरू र अतिसंवेदनशील क्षेत्रहरूमा विन्डोजको विकल्पका रूपमा रहँदै भने आएका छन् ।

यो चीनको लामो समयदेखि चलिरहेको नीतिको निरन्तरता पनि हो । बेइजिङले सन् २०१४ मा नै विन्डोज–८ लाई सरकारी खरिदबाट प्रतिबन्ध लगाएको थियो । सन् २०१९ देखि सरकारी कार्यालयका विदेशी कम्प्युटरहरू क्रमश: बदल्ने आदेश दिएको थियो । र सन् २०२२ मा केन्द्रीय निकाय तथा राज्य स्वामित्वका कम्पनीहरूलाई विदेशी ब्रान्डका कम्प्युटर पूर्णतया हटाउन भनेको थियो ।

तर, अहिलेको हकमा भने सबै सरकारी कम्प्युटरहरूबाट विन्डोजलाई तुरुन्तै हटाएर लिनक्समा लैजान भने सहज हुने छैन । कर्मचारीहरूलाई तालिम दिन र पुराना सफ्टवेयरहरू नयाँ प्रणालीमा चल्ने नचल्ने कुरा सुनिश्चित गर्न केही समय लाग्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?