News Summary
Generated by OK AI. Editorially reviewed.- भरतपुर महानगरपालिका–१ आँपटारीमा ट्रक, कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक २१ वर्षीय सन्देश विष्टको मृत्यु भएको छ।
- दुर्घटनामा मोटरसाइकलमा सवार तनहुँका १९ वर्षीय पुकार श्रेष्ठ घाइते भई चितवन मेडिकल कलेजमा उपचाररत छन्।
- दुर्घटनामा संलग्न सवारी चालक र सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
७ भदौ, चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार नाराणगढबाट रामनगरतर्फ गइरहेको मोटरसाइकल विपरीत दिशाबाट आएका ट्रक र कार एकापसमा आज बिहान ठोक्किँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१३ का २१ वर्षीय सन्देश विष्टको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका विष्टको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार तनहुँको भानु नगरपालिका–७ का १९ वर्षीय पुकार श्रेष्ठको सोही अस्पतालमा उपचार जारी छ ।
दुर्घटनामा संलग्न सवारी चालक र सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4