+
+
Shares

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणीहरू

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकार र लघुवित्त ऋणीहरूका प्रतिनिधिबीच शनिबार १४ बुँदे सहमति भएपछि पुल्चोकको धर्ना स्थगित गरिएको छ।
  • आइतबार बिहान ८:५० बजे ३२३ ऋणी ८ वटा बसमार्फत आ-आफ्नो घर फर्किएका छन्।
  • झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीका ऋणीहरूलाई आ-आफ्नो क्षेत्रतर्फ पठाइएको छ।

७ भदौ, काठमाडौं । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग सहमति भएपछि आज आ-आफ्नो घर फर्किएका छन् ।

नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित गरेर उनीहरू आ-आफ्नो घर फर्किएका हुन् ।

सहमतिपछि आइतबार बिहान ८:५० बजे सरकारले व्यवस्था गरेको साझा यातायातका बस चढेर उनीहरू आफ्नो गन्तव्यतर्फ लागेका हुन्।

विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ ।

झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आ-आफ्नो क्षेत्रतर्फ पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?