News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया सानिया खातुन मृत फेला परेको घटनामा प्रहरीले एक शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
- डीआईजी ओम अधिकारीका अनुसार उनको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।
- परिवारले बिहान करिब ९ बजे सानिया बेपत्ता भएको जानकारी दिएपछि खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा शव फेला परेको थियो।
७ भदौ, सप्तरी । सप्तरीमा तीन वर्षीया बालिका मृत फेला परेको घटनामा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मधेश प्रदेशका डीआईजी ओम अधिकारीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरे ।
उनको गतिविधि शंकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको डीआईजी अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –३ मा तीन वर्षीया सानिया खातुन आइतबार मृत फेला परेकी थिइन्।
स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया आइतबार बिहान करिब ९ बजेपछि घरबाट एकाएक बेपत्ता भएकी थिइन् ।
सानिया बेपत्ता भएको जानकारी परिवारको सदस्यले दिएपछि उनको खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा शव फेला परेको थियो ।
प्रतिक्रिया 4