News Summary
Generated by OK AI. Editorially reviewed.- र्यापर रातो रानीलाई ‘हिमालय रोडिज सिजन ८’ को ग्याङ लिडरका रूपमा आधिकारिक रूपमा अनुबन्ध गरिएको छ ।
- अनुपविक्रम शाही, आशिष राना ‘लाउरे’ र माल्भिका सुब्बा पनि शोका ग्याङ लिडरमा अनुबन्धित भइसकेका छन् ।
- निर्देशक सिमोस सुनुवारले देशका विभिन्न ठाउँमा अडिसन भइरहेको र अर्को महिनादेखि छायांकन शुरू हुने बताए ।
काठमाडौं । र्यापर रातो रानी (जेनी योञ्जन) लाई ‘हिमालय रोडिज सिजन ८’ को ग्याङ लिडर (जज) को रुपमा देख्न पाइने भएको छ । शोले रातो रानीलाई आधिकारिकरुपमा अनुबन्धित गरिएको जनाएको छ ।
यसअघि अनुपविक्रम शाही, आशिष राना ‘लाउरे’ र माल्भिका सुब्बा ग्याङ लिडरको रुपमा अनुबन्धित भैसकेका छन् । माल्भिका र रानो रानी पहिलोपटक शोमा जोडिएका हुन् ।
पूर्व अमेरिकी सैनिक समेत रहेकी रानो रानी पछिल्लो समय नेपाली हिपहप संगीतमा ब्यस्त छिन् । उनी सामाजिक सञ्जालमा समेत पछिल्लो समय चर्चित छिन् ।
निर्देशक सिमोस सुनुवारका अनुसार देशका विभिन्न ठाउँमा अहिले आठौं सिजनको अडिसन भैरहेको छ । अर्को महिनादेखि शोको छायांकन सुरु हुने जानकारी निर्देशक सुनुवारले दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4