८ भदौ, काठमाडौं । भारतमा कक्रोच जनता पार्टी(सीजेपी)ले फेरि सडकमा प्रदर्शन गर्ने घोषणा गरेको छ । नीट प्रश्नपत्र बाहिरिएको घटनामा महिनौं प्रदर्शनपछि तत्कालीन शिक्षामन्त्री धमेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पारेको सीजेपीले सेप्टेम्बर ५ मा फेरि सडकमा उत्रिने घोषणा गरेको हो ।
सीजेपीले सेप्टेम्बर ५ मा इन्डिया गेटदेखि दिल्ली प्रहरी मुख्यालयसम्म शान्तिपूर्ण युवा मार्च गर्ने बताएको छ । सीजेपीले सामाजिक सञ्जाल एक्समार्फत नरेन्द्र मोदी सरकारमाथि विद्यार्थी आन्दोलनका प्रदर्शनकारीमाथि दर्ता भएका प्रहरी जाहेरी फिर्ता लिने वाचा पूरा नगरेको आरोप लगाएको छ ।
तत्कालीन शिक्षामन्त्री प्रधानको राजीनामासँगै सरकारले सीजेपीसँग विद्यार्थीमाथि दर्ता भएका एफआईआर फिर्ता लिने पनि सहमति गरेको थियो ।
प्रतिक्रिया 4