+
+
Shares

नेपाली संगीतकार सौरभ शर्मालाई भारतीय उपराष्ट्रपतिद्वारा सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको नयाँ दिल्लीमा आयोजित ‘मल्हार २०२६’ समारोहमा नेपाली संगीतकार सौरभ शर्मालाई युवा सद्भावना दूतको सम्मान प्रदान गरियो ।
  • भारतीय उपराष्ट्रपति सीपी राधाकृष्णनले शर्मालाई सम्मान हस्तान्तरण गर्दै संगीतले भाषा र सीमालाई नाघेर मानिसबीच प्रगाढ सम्बन्ध कायम गर्ने बताए ।
  • आयोजकले शर्माको मान्यताले नेपाल र भारतबीचको जनस्तरको तथा सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन युवा, संगीत र संस्कृतिको भूमिका देखाएको बताएका छन् ।

काठमाडौं । भारतको नयाँ दिल्लीमा आयोजित ‘मल्हार २०२६’ समारोहमा युवा नेपाली संगीतकार सौरभ शर्मालाई युवा सद्भावना दूतको सम्मान प्रदान गरिएको छ ।

‘अन्तरहृदय कनेक्ट ग्लोबल फाउन्डेसन’ द्वारा आयोजित ‘मल्हार २०२६- कनेक्टिङ युथ विथ द सोल अफ क्लासिकल म्युजिक’ कार्यक्रममा भारतीय उपराष्ट्रपति सीपी राधाकृष्णनले शर्मालाई सम्मान हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै उपराष्ट्रपति राधाकृष्णनले शर्मालाई बधाई दिए र युवाले संगीत तथा संस्कृतिका माध्यमबाट भारत र अन्य देशबीच मैत्रीपूर्ण सम्बन्धको सेतुका रूपमा काम गर्न सक्ने बताए ।

‘संगीत भारतको सबैभन्दा ठूलो ‘सफ्ट-पावर’ मध्ये एक हो’ उनले भने, ‘यसले भाषा र सीमालाई नाघेर अनुवादको आवश्यकताविना नै मानिसबीच प्रगाढ सम्बन्ध कायम गर्छ ।’

कार्यक्रम भारतीय पूर्वविदेश सचिव एवं राज्य सभा सदस्य हर्षवर्धन श्रृंगलाको संरक्षकत्वमा सम्पन्न भएको थियो ।

श्रृंगलाले संगीतकार शर्माको भारतसँगको सम्बन्धबारे चर्चा गर्दै उनी आन्ध्र प्रदेशको पुट्टपर्थीस्थित श्री सत्य साई आश्रममा नियमित जाने गरेको र त्यहाँ पटक–पटक सांगीतिक प्रस्तुति दिइसकेको बताए ।

‘मल्हार २०२६’ मा युवा दर्शकका साथै शास्त्रीय संगीतका प्रसिद्ध गायक पण्डित उल्हास कशालकर र कथक नृत्यका दिग्गज पण्डित राजेन्द्र गंगानी लगायतका चर्चित कलाकारको सहभागिता थियो ।

नेपाल र भारतबीचको दीर्घकालीन जनस्तरको तथा सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन युवा, संगीत र संस्कृतिले खेल्ने भूमिकालाई शर्माले पाएको यो मान्यताले प्रतिविम्बित गरेको आयोजकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?