+
+
Shares

सिरहामा गागन खोला पुलनजिक महिलाको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १३:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोला पुलनजिक मंगलबार करिब ४५ वर्षकी महिलाको शव फेला परेको छ ।
  • मंगलबार मध्याह्न १२ बजे स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
  • प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ र मृतक महिलाको पहिचान खुलाउने प्रयास भइरहेको छ ।

९ भदौ, सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोला पुलनजिक मंगलबार एक महिलाको शव फेला परेको छ।

मंगलबार मध्याह्न १२ बजेको समयमा स्थानीयले पुलनजिक एक महिला मृत अवस्थामा रहेको देखेपछि प्रहरीलाई खबर  गरेका थिए ।

जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी सहायक निरीक्षक पुष्करप्रसाद घिमिरेको कमान्डमा प्रहरीको टोली घटनास्थल पुगेको थियो।

घटनास्थलमा करिब ४५ वर्ष उमेरकी तराई मूलकी जस्तो देखिने महिलाको शव घोप्टो अवस्थामा फेला परेको घिमिरेले बताए । प्रहरीका अनुसार मृतक महिलाको पहिचान खुल्न सकेको छैन ।

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा प्रहरी टोली खटिएको छ ।

सिरहाका डीएसपी रमेशबहादुर पालले महिलाको शव फेला परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको पहिचान खुलाउने प्रयास भइरहेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?