+
+
Shares
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन :

विद्या भण्डारीको सदस्यता विवाद पनि एमाले पराजयको कारण

नेकपा एमालेको पार्टी पुनर्गठन सुझाव संकलन कार्यदलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता सम्बन्धि विवादलाई पनि चुनावी पराजयको एक कारण मानेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १६:४४

९ भदौ, काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठन सुझाव संकलन कार्यदलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता सम्बन्धि विवादलाई पनि चुनावी पराजयको एक कारण मानेको छ ।

महासचिव शंकर पोखरेलले तयार पारेर कार्यदलका संयोजक रामबहादुर थापालाई बुझाएको प्रतिवेदनमा एमालेले पराजय बेहोर्नुको विभिन्न ६ कारण उल्लेख गरिएको छ । ती कारणहरूमध्ये पार्टीभित्रको आन्तरिक समस्या पनि राखिएको छ ।

जसको पहिलो लाइनमै पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको विषय उल्लेख छ । ‘पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरण सम्बन्धी विवादले पार्टी पङ्तिलाई विभाजित बनाउन पुग्यो,’ प्रतिवेदनमा लेखिएको छ ।

एमालेका पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीको सदस्यता नवीकरण नगर्ने एमालेको निर्णय विवादित बनेको थियो । पार्टीभित्र एउटा ठूलो पंक्तिले पार्टी सदस्यता खोस्ने निर्णयलाई गलत भनेको थियो ।

सदस्यता नवीकरण नहुँदा भण्डारीले एघारौं महाधिवेशनमा भाग लिन पाएकी थिइनन् । तर, उनको समर्थनमा तत्कालीन बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टीम बनाएर एघारौं महाधिवेशनमा चुनाव लडेका थिए । यसलाई पनि प्रतिवेदनमा एमाले पराजयको एक कारण मानिएको छ ।

‘निर्वाचनको संघारमा पार्टीको ११औं महाधिवेशनमा प्यानल नै बनाएर पर्दीय प्रतिस्पर्धा गरिएका कारण तल्लो तहसम्म सांगठानिक कित्ताकाट र गुटबन्दी विस्तार हुन पुग्यो,’ पोखरेलले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?