News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेका जुम्लाका २७ वर्षीय राज कठायतविरुद्ध ५ दिनको म्याद थप भएको छ।
- जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले राष्ट्र सेवकलाई काममा बाधा गर्न नहुने र अभद्र व्यवहारको कसुरमा म्याद थप भएको बताए।
- कठायतले मंगलबार आकाशे पुलबाट बाटो काट्न भनिएका प्रहरीमाथि आक्रमण गरेका थिए।
९ भदौ, काठमाडौं । ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट गर्ने युवकविरुद्ध ५ दिन म्याद थप भएको छ ।
जुम्लाको तातोपानी गाउँपालिका–२ घर भइ काठमाडौं बस्दै आएका २७ वर्षीय राज कठायतविरुद्ध ५ दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए । राष्ट्र सेवकलाई काममा बाधा गर्न नहुने र अभद्र व्यवहारको कसुरमा ५ दिनको म्याद थप भएको हो ।
कठायतले मंगलबार ड्युटीमा खटिएका प्रहरीमाथि नयाँ बानेश्वरमा कुटपिट गरेका थिए । आकाशे पुलबाट बाटो काट्नभन्दा प्रहरीमाथि नै आक्रमण भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4