+
+
Shares

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते ११:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ घटेर ३ लाख २२ हजार १ सय रुपैयाँ कायम भएको छ ।
  • चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँ बढेर ४ हजार ९७५ रुपैयाँ पुगेको छ ।
  • एक सातामै सुनको भाउ १८ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

१० भदौ, काठमाडौं । बुधबार सुनको मूल्य सामान्य घटेको छ, भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ घटेको छ ।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २२ हजार २ सय रुपैयाँ थियो । एक सातामै सुनको भाउ १८ हजार रुपैयाँ बढेको छ । गत बुधबार सुनको भाउ ३ लाख ४ हजार १ सय रुपैयाँ थियो ।

चाँदी तोलामा ७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ९०० रुपैयाँ रहेको चाँदी आज ४ हजार ९७५ रुपैयाँ कायम भएको छ । गत बुधबार चाँदी ४ हजार ५९५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?