+
+
Shares

नाडा अटो शोका अवसरमा सिद्धार्थ बैंकको विशेष कर्जा योजना

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंकले नाडा अटो शो २०२६ मा सवारीसाधन खरिदका लागि ५.९६ प्रतिशत वार्षिक ब्याजदर र ०.५ प्रतिशत सेवा शुल्कसहितको कर्जा योजना सार्वजनिक गरेको छ।
  • भदौ ९ देखि १४ गतेसम्मको नाडा अटो शो अवधिमा बुकिङ गरिएका सवारीसाधनका लागि यो विशेष योजना लागू हुने बैंकले जनाएको छ।
  • बैंकले सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकलाई एक्स्पोमा सहभागी भई विशेष कर्जा योजनाको लाभ लिन आग्रह गरेको छ।

१० भदौ, काठमाडौं । नाडा अटो शो २०२६ मा बैंकिङ क्षेत्रबाट सहभागिता जनाएको सिद्धार्थ बैंकले ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ।

बैंकले एकपटकको अवधिका लागि सवारीसाधन खरिद गर्न कर्जा लिने ग्राहकका लागि ५.९६ प्रतिशत वार्षिक ब्याजदर तथा ०.५ प्रतिशत सेवा शुल्क (प्रोसेसिङ फी) सहितको आकर्षक कर्जा सुविधा सञ्चालनमा ल्याएको हो।

यो विशेष योजना भदौ ९ गतेदेखि १४ गतेसम्म आयोजना भइरहेको नाडा अटो शो अवधिमा बुकिङ गरिएका सवारीसाधनका लागि लागु हुने बैंकले जनाएको छ।

सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकलाई एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन बैंकले आग्रह गरेको छ। यस योजनामार्फत ग्राहकले सहज, सरल तथा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा प्राप्त गरी आफ्नो आवश्यकताअनुसार सवारीसाधन खरिद गर्न सहयोग पुग्ने बैंकको भनाइ छ ।

यस सेवाबारे थप जानकारीका लागि बैंकको चौबिसै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र तथा ‘सिद्धार्थ केयर’ लगायतका विभिन्न माध्यमबाट सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?