+
+
Shares

प्रधानमन्त्रीको अनुरोध- विपत्तिविरुद्ध एकजुट भएर लडौं 

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विपत्तिसँग लड्न सबै एकजुट हुन अनुरोध गरेका छन् ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १२:५०

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विपत्तिसँग लड्न सबै एकजुट हुन अनुरोध गरेका छन् ।

रसुवामा गएको बाढीको विषयमा छलफल गर्न प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका थिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको उक्त बैठकमा नेपाली सेनाका उपरथी अनुमजंग थापाले उद्धारबारे ब्रिफिङ गरेका थिए ।

छलफलमा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को समयमा सरकारले तदारुकता देखाएको भनेर धन्यवाद दिए । उद्धार र राहतमा कुनै कमी नगर्न सरकारलाई अनुरोध गरे ।

प्रधानमन्त्री शाहले भने विपद्‍को क्षणमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढीबाट क्षतिग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?