News Summary
Generated by OK AI. Editorially reviewed.- सामसुङले ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, फोल्ड ८, फ्लिप ८, वाच अल्ट्रा २ र वाच ९ नेपालमा सार्वजनिक गरी बुधबारदेखि बिक्री सुरु गरेको छ।
- कम्पनीले ग्यालेक्सी जेड सिरिजलाई फोल्डेबल अनुभवको नयाँ अध्याय भन्दै प्रिअर्डरमै ग्राहक उत्साह देखिएको जनाएको छ।
- सामसुङले नयाँ डिभाइस किन्न २४ महिनासम्मको ईएमआई सुविधा दिएको र नागरिकता मात्र आवश्यक पर्ने जनाएको छ।
१० भदौ, काठमाडौं । सामसङले नयाँ ग्यालेक्सी जेड सिरिजअन्तर्गत ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, फोल्ड ८ र फ्लिप ८ तथा नयाँ ग्यालेक्सी वाच अल्ट्रा २ र वाच ९ नेपालमा सार्वजनिक गरेको छ। यी डिभाइसको बिक्री बुधबारदेखि सुरु भएको कम्पनीले जनाएको छ।
नयाँ ग्यालेक्सी जेड सिरिजले फोल्डेबल अनुभवमा नयाँ अध्याय सुरु गरेको सामसङको भनाइ छ। अल्ट्रा प्रोडक्टिभिटी, इमर्सिभ कन्टेन्ट अनुभव र व्यक्तिगत अभिव्यक्तिका लागि डिजाइन गरिएका तीन फरक फोल्डेबल अनुभवसहित नयाँ ग्यालेक्सी जेड सिरिज आएको हो। नयाँ ग्यालेक्सी जेड सिरिजप्रति ग्राहकहरूको उत्साह प्रिअर्डरमै देखिएको कम्पनीले जनाएको छ।
नयाँ ग्यालेक्सी जेड सिरिज : तीन फरक फोल्डेबल अनुभव
ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्राले सामसङको प्रिमियम अल्ट्रा अनुभवलाई फोल्डेबल डिजाइनमा ल्याएको छ। ठूलो कार्यक्षेत्र, सुधारिएको क्यामेरा प्रणाली र शक्तिशाली प्रदर्शनयुक्त यो क्रिएटिभ काम तथा मल्टिटास्किङका लागि तयार गरिएको कम्पनीले जनाएको छ। यसको ८ इन्चको मुख्य डिस्प्लेले प्रयोगकर्तालाई अझ ठूलो स्क्रिन स्पेस प्रदान गर्छ।
‘ग्यालेक्सी जेड फोल्ड ८ नयाँ डिजाइनसहित आएको छ, जुन मानिसहरूले कन्टेन्ट हेर्ने, खोज्ने र अनुभव गर्ने तरिकालाई ध्यानमा राखेर बनाइएको हो’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘यसको डिस्प्ले अनुपात दैनिक प्रयोगका लागि सहज बनाइएको छ। कभर स्क्रिनबाट म्यासेजिङ, ब्राउजिङ र छोटो भिडियो हेर्नदेखि मुख्य ४ः३ डिस्प्लेमा गेमिङ, पढाइ र इमर्सिभ भिडियो अनुभव लिन सकिने कम्पनीले जनाएको छ।
ग्यालेक्सी जेड फ्लिप ८ सामसङको आकर्षक फ्लिप फोनका रूपमा आएको छ, जसले व्यक्तिगत शैली र छिटो प्रयोगलाई प्राथमिकता दिन्छ। यसमा ५० मेगापिक्सेल क्यामेरा, प्रोभिजुअल इन्जिन र फ्लेक्सक्याम अनुभव रहेको छ, जसले फोटो तथा भिडियो खिच्न अझ सहज बनाउने कम्पनीको भनाइ छ।
ग्यालेक्सी वाच अल्ट्रा २ र ग्यालेक्सी वाच ९ हातमै सहज स्वास्थ्य व्यवस्थापन
ग्यालेक्सी वाच अल्ट्रा २ र ग्यालेक्सी वाच ९ ले ग्यालेक्सी अनुभवलाई अब हातसम्म विस्तार गरेका छन्। यी स्मार्टवाचले दैनिक स्वास्थ्यसम्बन्धी जानकारीलाई अझ उपयोगी र व्यवहारिक सुझावमा परिवर्तन गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।
दुवै डिभाइस स्न्यापड्रागन वेयर एलिट प्लेटफर्मद्वारा सञ्चालित छन्। निरन्तर स्वास्थ्य ट्र्याकिङ, उत्कृष्ट प्रदर्शन, आरामदायी प्रयोग र लामो ब्याट्री जीवनका लागि यी डिभाइस डिजाइन गरिएको कम्पनीको भनाइ छ।
मूल्य र उपलब्धता
नयाँ ग्यालेक्सी डिभाइसलाई अझ सहज रूपमा खरिद गर्न सामसङले २४ महिनासम्मको सजिलो ईएमआई सुविधा उपलब्ध गराएको छ।
यसले मासिक किस्ता रकमलाई कम गर्दै ग्राहकलाई सामसङको नयाँ प्रविधि सजिलै अपनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ। यो प्रक्रिया सरल रहेको र यसका लागि नागरिकता मात्र आवश्यक पर्ने कम्पनीले जनाएको छ।
| मोडल नाम | रङ | मूल्य |
|---|---|---|
| ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा (१२+५१२ जीबी) | भायोलेट स्याडो / ग्राफाइट | ३,३९,९९९ |
| ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा (१२+२५६ जीबी) | भायोलेट स्याडो / ग्राफाइट | २,९९,९९९ |
| ग्यालेक्सी जेड फोल्ड ८ (१२+२५६ जीबी) | ल्याभेन्डर / ग्राफाइट | २,७४,९९९ |
| ग्यालेक्सी जेड फ्लिप ८ (१२+२५६ जीबी) | पिङ्क / ग्राफाइट | १,९४,९९९ |
| ग्यालेक्सी वाच अल्ट्रा २ | ब्ल्याक | १,२३,४९९ |
| ग्यालेक्सी वाच ९ (४४ एमएम) | ब्ल्याक / सिल्भर | ७१,४९९ |
| ग्यालेक्सी वाच ९ (४० एमएम) | ब्ल्याक / बेज | ६६,४९९ |
प्रतिक्रिया 4