News Summary
Generated by OK AI. Editorially reviewed.- एनसेलले रसुवामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि भ्वाइस र डेटा सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ।
- कम्पनीले प्रभावित क्षेत्रका सर्वसाधारणलाई तीन दिनभित्र प्रयोग गर्न मिल्ने १०० वटा एसएमएस पनि निःशुल्क दिने बताएको छ।
- एनसेलले यो पहलले प्रभावितलाई परिवार तथा उद्धार टोलीसँग सम्पर्कमा रहन सहज हुने अपेक्षा गरेको छ।
१० भदौ, काठमाडौं । एनसेलले बुधबार बिहान रसुवा जिल्लामा अचानक आएको भीषण बाढीबाट प्रभावित क्षेत्रहरूमा तीन दिनका लागि भ्वाइस र डेटा सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
त्यसबाहेक प्रभावित क्षेत्रका सर्वसाधारणलाई तीन दिन समयावधि रहेको १०० वटा एसएमएस पनि निःशुल्क उपलब्ध गराउने बताएको छ । यसले बाढी प्रभावित क्षेत्रका बासिन्दा तथा त्यहाँ रहेका सर्वसाधारणलाई एकआपसमा सहज रूपमा सम्पर्कमा रहन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
‘सञ्चार सेवा निरन्तरता राख्नु महत्त्वपूर्ण हुने भएकाले एनसेलको यो पहलले प्रभावितहरूलाई परिवार तथा उद्धार टोलीसँग जोडिन सहज हुने अपेक्षा गरिएको छ’ एनसेलले भनेको छ ।
एनसेलले विगतदेखि नै विपद्का बेला सक्रिय भूमिका खेलिरहेको र आपतकालीन खोज, उद्धार तथा राहत वितरणका काममा सहयोग पुर्याउँदै आएको उल्लेख गर्दै यो निर्णय आपतकालीन अवस्थामा सञ्चार सेवा सुनिश्चित गर्नका लागि गरिएको बताएको छ ।
प्रतिक्रिया 4