News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवागढी क्षेत्रमा आज बिहान आएको बाढीले टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा बस्ती, बजार, प्रहरी कार्यालय, सडक र जलविद्युत् संरचनामा क्षति पुर्याएको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले प्रतिनिधिसभामा बाढीको क्षति यकिन हुन नसकेको र खर्ब बढीको हुन सक्ने बताए।
- उनले सरकारले उद्धारका लागि हेलिकप्टर तयारी गरेको जानकारी दिँदै थप सशक्त हुन आग्रह गरे।
१० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले रसुवा बाढीको क्षति यकिन हुन नसकेको बताएका छन् । प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले राष्ट्रिय विपद् आइलागेको र यसमा सबै शोकमा रहेको बताए ।
‘…हामी सबैको मुटु हल्लिने घटना हाम्रो सामु भइराखेको छ । यो बाढी अझै कहाँसम्म पुग्ने हो र कति क्षति हुने हो ! क्षतिको विवरण अझै हाम्रो हातमा आइसकेको छैन । हामी कसरी जाने हो ! सरकार पनि एक प्रकारको आफ्नो तयारीमा छ । यति हुँदा हुँदै पनि हामी सबै जना अन्योलमै छौं जस्तो देखिन्छ’ उनले भने ।
प्रभावित क्षेत्रका सांसदहरू जिल्ला जाने र जिल्लामा गएर उद्धारमा सहभागी हुने कुरा पनि आफूहरूको सामु रहेको र यसमा छलफल गरिराखेको उनले जानकारी दिए ।
रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पुर्याएको छ ।
बाढी भोटेकोशीमा मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पु¥याएको विवरण आएका छन् ।
यो विषय प्रतिनिधिसभामा उठाउँदै बुर्लाकोटीले खर्ब बढीको क्षति भएको बताए । कल्पना बाहिरको क्षति भएको भनेर उनले विपद्मा परेकाप्रति आफूहरू रहेको बताए ।
सरकारले उद्धारका लागि हेलिकप्टरको तयारी गरेको उनले बताए । थप सशक्त हुन सरकारलाई अनुरोध गरे ।
प्रतिक्रिया 4