+
+
Shares

रसुवा बाढी : ड्रोनदेखि कुकुर समेत परिचालन गरेर खोजी र उद्धार सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धार कार्य नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणले सुरु गरेका छन्।
  • हेलिकप्टर र ड्रोनको सहायताबाट खोजी भइरहेको छ भने सशस्त्र प्रहरीले तालिमप्राप्त कुकुर पनि परिचालन गरेको छ।
  • सशस्त्र प्रहरीले रसुवागढी भन्सार यार्ड र बाढी प्रभावित क्षेत्रमा पुरिएकाहरू तथा नदी किनारमा थुनिएका र हराइरहेका नागरिकको खोजी गरिरहेको छ।

१० भदौ, काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्य सुरु गरिएको छ ।

खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै सर्वसाधारण समेत खटिएका छन् ।

हेलिकप्टरदेखि ड्रानेको सहायताबाट समेत खोजी तथा उद्धार सुरु गरिएको छ ।

सशस्त्र प्रहरीले रसुवागढी भन्सार यार्ड र बाढी प्रभावित क्षेत्रमा पुरिएकाहरूको खोजी गर्न तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको छ ।

कुकुरले मान्छे रहेको संकेत गरेपछि खोजी तथा उद्धारको काम गरिने सशस्त्र प्रहरीले बताएको छ ।

त्यस्तै नदी किनार तथा बाढी प्रभाविति क्षेत्रमा थुनिएका तथा हराइरहेका नागरिकहरूलाई लोकेट गर्न ड्रोन परिचालन गरिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?