+
+
Shares

रास्वपा सांसद बास्कोटाले विपद् कोषमा दुई महिनाको तलब भत्ता जम्मा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले राष्ट्रिय विपद् कोषमा दुई महिनाको तलब भत्ता जम्मा गर्ने भएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवागढी क्षेत्रमा बिहान आएको बाढीले टिमुरे, रसुवागढी र स्याफ्रुबेँसीमा बस्ती, बजार, प्रहरी कार्यालय, सडक र जलविद्युत् संरचनामा क्षति पुर्‍याएको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले प्रतिनिधिसभामा राष्ट्रिय विपद् कोषमा दुई महिनाको तलब भत्ता जम्मा गर्ने घोषणा गरेकी छन्।
  • उनले सांसद र कर्मचारीको मासिक तलबबाट कट्टा गरी कोषमा जम्मा गर्न र सरकारले विपद् कोष गठन गरी सहयोग गर्न अपिल गर्न भनेकी छन्।

१० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले राष्ट्रिय विपद् कोषमा दुई महिनाको तलब भत्ता जम्मा गर्ने भएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो घोषणा गरेकी हुन् ।

रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पु‍र्‍याएको छ ।

बाढी भोटेकोशीमा मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पु‍र्‍याएको विवरण आएका छन् ।

यो घटनाबारे संसद्मा बोल्दै सांसद बास्कोटाले सरकारलाई राष्ट्रिय विपद् कोष गठन गर्न र परिचालन गरी सम्पुर्णलाई सहयोगको लागि अपिल गर्न भनेकी छन् ।

‘सांसद लगायत कर्मचारीको मासिक तलबबाट यथोचित कट्टा गरी कोषमा जम्मा गर्ने र मेरो हकमा मेरो दुई महिनाको तलब भत्ता कोषमा जम्मा गरियोस् भनी यसै सदनमार्फत सम्बन्धित निकायलाई अनुरोध गर्दछु’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?