+
+
Shares

रेमिट्यान्स ३७ प्रतिशत बढ्दा शोधनान्तर स्थिति सवा १० खर्बले बचतमा

गत आर्थिक वर्ष रेमिट्यान्स आप्रवाहमा उच्च सुधार आए पनि शोधनान्तर बचत सवा १० खर्ब पुगेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत आव २०८२/८३ मा मुलुकको शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ।
  • गत आव रेमिट्यान्स आप्रवाह ३७.१ प्रतिशत बढेर २३ खर्ब २६ अर्ब पुगेको र शोधनान्तर बचतमा मुख्य योगदान गरेको छ।
  • समीक्षा वर्षमा चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोडले बचतमा रहेको र २८ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ।

१० भदौ, काठमाडौं । मुलुकको शोधनान्तर स्थिति सवा १० खर्बले बचतमा देखिएको छ ।

गत आर्थिक वर्ष रेमिट्यान्स आप्रवाहमा उच्च सुधार आए पनि शोधनान्तर बचत सवा १० खर्ब पुगेको हो ।

गत आव रेमिट्यान्स आप्रवाह ३७.१ प्रतिशत बढेर २३ खर्ब २६ अर्ब पुगेको छ । त्यसैगरी सोही अवधिमा निर्यात १३.८ प्रतिशत वृद्धि भई ३ खर्ब १५ अर्ब २९ करोड पुगेको छ ।

गत आव कुल वस्तु आयात १६.२ प्रतिशत वृद्धि भई २० खर्ब ९६ अर्ब ३८ करोड पुगेको छ । त्यस्तै आयात बढे पनि रेमिट्यान्समा आएको सुधारले शोधनान्तर बचतमा महत्त्वपूर्ण योगदान गरेको राष्ट्र बैंकले जनाएको छ ।

देशमा भित्रिएको र बाहिरिएको रकमको अन्तर शोधनान्तर हो । बाहिरिने भन्दा भित्रिने रकम बढी भए शोधनान्तर बचत हुन्छ । त्यसैगरी भित्रिने भन्दा बाहिरिने धेरै भए शोधनान्तर स्थिति घाटामा हुन्छ ।

गत आव २०८२/८३ मा शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोडले बचतमा छ । अघिल्लो आव ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ४ अर्ब ३७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति गत आव ७ अर्ब ५ करोडले बचतमा छ ।

गत आव चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोडले बचतमा छ । अघिल्लो आव ४ खर्ब ९ अर्ब ८४ करोडले बचतमा थियो । त्यसैगरी गत आव खुद पूँजीगत ट्रान्स्फर १८ अर्ब ५० करोड छ । अघिल्लो वर्ष यस्तो ट्रान्स्फर ९ अर्ब ८४ करोड थियो ।

यसैगरी समीक्षा वर्षमा २८ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्ष यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १२ अर्ब २ करोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?