News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राकृतिक विपद्को विषम परिस्थितिमा हालको हवाई भाडादर नबढ्नेगरी टिकट उपलब्ध गराउन हवाई सञ्चालकहरूलाई निर्देशन दिएको छ।
- तिब्बततर्फबाट आएको बाढीका कारण काठमाडौं बाहिरिने कतिपय राजमार्ग बन्द भएपछि हवाई यात्रुको चाप बढ्ने अनुमानसहित निर्देशन दिइएको हो।
- प्राधिकरणले वायुसेवा निगम, बुद्ध एयर, यती एयर, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सिता एयरलाई सर्वसाधारणको आवागमन सहज बनाउन भनेको छ।
१० भदौ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राकृतिक विपद्को विषम परिस्थितिमा हालको हवाई भाडादर नबढ्नेगरी टिकट उपलब्ध गराउन हवाई सञ्चालकहरूलाई निर्देशन दिएको छ ।
प्राधिकरणले हवाई भाडादरको उच्चतम दरभन्दा कम र हालको परिस्थितिलाई मध्यनजर गर्दै हालको भाडादर नबढ्नेगरी टिकट उपलब्ध गर्ने/ गराउने व्यवस्था गर्न निर्देशन दिएको हो ।
तिब्बततर्फबाट आएको बाढीका कारण यतिबेला राजधानी काठमाडौंबाट बाहिरिने कतिपय राजमार्ग असुरक्षाका कारण बन्द गरिएका छन् । जसले गर्दा हवाई यात्रुको चाप बढ्न जाने भएपछि प्राधिकरणले सञ्चालकहरुलाई भाडा नबढाउन र टिकट सहज बनाउन निर्देशन दिएको हो ।
वायुसेवा निगम, बुद्ध एयर, यती एयर, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सिता एयरलाई प्राधिकरणले सर्वसाधारणको आवागमनमा सहजता कायम राख्न भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4