+
+
Shares

सम्पर्कविहीन पर्यटक संख्या पुग्यो ४०३, कुन देशका कति ?

सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतीय छन् । कुल १ सय ३३ भारतीय पर्यटक बेपत्ता छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १९:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीका कारण ४ सय ३ पर्यटक सम्पर्कविहीन भएका छन्, जसमा ३ सय ४१ विदेशी र ६२ नेपाली छन् ।
  • सम्पर्कविहीनमध्ये २ सय ३ पुरुष र २ सय महिला छन् ।
  • सबैभन्दा धेरै १ सय ३३ भारतीय पर्यटक बेपत्ता भएका छन्, त्यसपछि अमेरिकी ४७, अस्ट्रेलिया ३४ र बेलायती ३३ जना छन् ।

१० भदौ, काठमाडौं । रसुवा बाढीका कारण सम्पर्कविहीन भएका  पर्यटक ४ सय ३ पुगेको छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार ३ सय ४१ विदेशी र ६२ नेपाली पर्यटक सम्पर्कविहीन भएका छन् । जसमा २ सय ३ पुरुष र २ सय महिला छन् ।

सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतीय छन् । कुल १ सय ३३ भारतीय पर्यटक बेपत्ता छन् । अमेरिकी ४७ जना बेपत्ता छन् । बेलायती ३३, अस्ट्रेलिया ३४, क्यानडा २४, मलेसिया १९, युक्रेन ७ र दक्षिण अफ्रिकका ६ पर्यटक बेपत्ता छन् ।

त्यसैगरी सिंगापुरका ६, न्यूजिल्यान्ड र जापान ५/५, जर्मनी ४, फ्रान्स ३ र स्पेनका २ पर्यटक सम्पर्कविहीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?