+
+
Shares

रसुवा बाढीबाट ६ प्रसारण लाइन अवरुद्ध, त्रिशूलीको २२० केभी सबस्टेसनमा पूर्ण क्षति

प्राधिकरणका अनुसार त्रिशूलीको २२० केभी सबस्टेसन पूर्णरूपमा क्षति भएको छ भने अन्य प्रसारण लाइनमा क्षति हुँदा विद्युत् प्रवाह अवरुद्ध बनेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते २०:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भीषण बाढीले त्रिशूलीको २२० केभी ३ बी हब सबस्टेसनसहित ६ वटा प्रसारण लाइन अवरुद्ध गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
  • चिलिमे–त्रिशूली, समुद्रटार–त्रिशूली, चिलिमे हब–त्रिशूली ३ बी हब–मातातिर्थ र त्रिशूली–बालाजु प्रसारण लाइनमा क्षति भएपछि विद्युत् प्रवाह रोकिएको छ।
  • प्राधिकरणले वैकल्पिक उपायबाट आंशिक रूपमा विद्युत् प्रणाली सञ्चालन गर्दै चौघोडा र धादिङबेँसी सबस्टेसनमार्फत आपूर्ति पुनः सुरु गर्ने प्रयास भइरहेको जनाएको छ।

१० भदौ, काठमाडौं । रसुवा भीषण बाढीबाट ६ वटा प्रसारण लाइन अवरुद्ध भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार त्रिशूलीको २२० केभी सबस्टेसन पूर्णरूपमा क्षति भएको छ भने अन्य प्रसारण लाइनमा क्षति हुँदा विद्युत् प्रवाह अवरुद्ध बनेको हो । त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसन पूर्णरूपमा क्षति पुगेको छ ।

चिलिमे २२० केभी हब टावर अवरुद्ध भएका कारण बन्द भएको छ । समुद्रटार–त्रिशूली १३२ केभी प्रसारण लाइन अवरुद्ध भएको छ ।  चिलिमे–त्रिशूली ६६ केभी प्रसारण लाइन अवरुद्ध छ ।

चिलिमे हब–त्रिशूली ३ बी हब–मातातिर्थ २२० केभी प्रसारण लाइन अवरुद्ध छ । त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइन अवरुद्ध छ । अन्य केही प्रसारण लाइनको टावरमा समस्या रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले वैकल्पिक उपायबाट सञ्चालन हुन सक्ने स्थानबाट आंशिक क्षेत्रमा विद्युत् प्रणाली सञ्चालन प्रयास भइरहेको जनाएको छ ।

यसै क्रममा सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रमा प्रणाली चालु भई चौघोडा सबस्टेसन सञ्चालन प्रयास जारी छ । गजुरीदेखि गल्छीसम्मका क्षेत्रमा धादिङबेँसी सबस्टेसन मार्फत विद्युत् आपूर्ति पुन: सञ्चालन गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?