+
+
Shares

सडक विभाग भन्छ- काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ

इन्जिनियर न्यौपानेका अनुसार सडकमा थुप्रिएको लेदो हटाउनका लागि गए रातिदेखि नै १५ वटा उपकरण प्रयोग भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते ७:४७
Photo Credit : Photo Credit: Bhuwan Shrestha

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीले अवरुद्ध भएको काठमाडौं–मुग्लिन जोड्ने पृथ्बी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।
  • सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले बैरेनीदेखि गलौंदीसम्म करिब १३ किलोमिटर क्षेत्रमा बाढीले थुपारेको लेदो हटाइरहेको बताए ।
  • लेदो पन्छाउन गए रातिदेखि १५ वटा उपकरण प्रयोग भइरहेको र बुधबार भोटेकोशी नदीको बाढीले राजमार्गका विभिन्न स्थानमा क्षति गरेको छ।

११ भदौ, काठमाडौं । रसुवामा आएको बाढीका कारण अवरुद्ध रहेको काठमाडौं-मुग्लिन जोड्ने पृथ्बी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारीका साथ धमाधम काम भइरहेको छ ।

सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार राजमार्गमा बाढीले थुपारेको लेदो पन्छाउने काम धमाधम भइरहेकोले बिहीबार दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

उनले भने, ‘मुग्लिनदेखि गलौंदीसम्म र काठमाडौंदेखि बैरेनीसम्मको सडक क्लियर छ । बैरेनीदेखि गलौंदीसम्मका करिब १३ किलोमिटर सडकका विभिन्न ठाउँमा बाढीले लेदो थुपारेको छ । भारी मात्रामा लेदो थुप्रिएकोले मुनि सडकको अवस्था कस्तो छ भन्ने यकिन गर्न कठिन छ ।  विशेष अवस्था बाहेक आज दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।’

इन्जिनियर न्यौपानेका अनुसार सडकमा थुप्रिएको लेदो हटाउनका लागि गए रातिदेखि नै १५ वटा उपकरण प्रयोग भइरहेको छ ।

गएराति १० बजेपछि पानी परेकोले काम रोकिएको र आज बिहानैदेखि ती उपकरहरूले धमाधम सडकमा थुप्रिएको लेदो पन्छाउने काम भइरहेको उनले बताए ।

बुधबार भोटेकोशी नदीमा आएको बाढीले पृथ्बी राजमार्गको विभिन्न स्थानमा क्षति गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?