+
+
Shares

रसुवामा रहेका मुगुका २ जना सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते ८:०४

११ भदौ, सुर्खेत । रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि मुगुको छायाँनाथ रारा नगरपालिकाका दुई जना नागरिक सम्पर्कविहीन भएका छन्।

विभिन्न कामको सिलसिलामा रसुवा पुगेका छायाँनाथ रारा नगरपालिका-१० का लालबहादुर सेजुवाल र शिव सेजुवाल बाढीपछि सम्पर्कविहीन भएका हुन् ।

तिब्बत हुँदै भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि आफ्ना दुई नागरिक सम्पर्कविहीन भएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ । उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरोकारवाला सबैसँग सहयोगको अपिल गरेको छ।

नगर प्रमुख विष्णुकुमार भामद्वारा जारी गरिएको विज्ञप्तिमा लालबहादुर सेजुवाल र शिव सेजुवाल सम्पर्कविहीन भएको उल्लेख छ । नगरपालिकाले सम्पर्कविहीन नागरिकहरूको अवस्थाबारे कुनै जानकारी भएमा सम्बन्धित निकायलाई उपलब्ध गराउन अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?