+
+
Shares

रसुवा बाढी : ३६ प्रहरी सम्पर्कमा, अझै २८ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका प्रहरीमध्ये ३६ जना प्रहरी कर्मचारीहरू सम्पर्कमा आएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते ८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका ६४ प्रहरीमध्ये ३६ जना सम्पर्कमा आएका छन् ।
  • प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टिमुरका १३, रसुवागढीका १, स्याफ्रुबेंसीका ५, मैलुङका ३, बेत्रावतीका ९ र हाकुका ५ जना सम्पर्कमा आएका हुन् ।
  • अझै २८ जना प्रहरी सम्पर्कविहीन रहेको बिहीबार बिहान ५ बजे सार्वजनिक बुलेटिनमा उल्लेख छ ।

११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका प्रहरीमध्ये ३६ जना प्रहरी कर्मचारीहरू सम्पर्कमा आएका छन् ।

बिहीबार बिहान ५ बजे सार्वजनिक प्रहरीको बुलेटिन अनुसार ६४ जना सम्पर्कविहीन भएकामध्ये ३६ जना प्रहरी सम्पर्कमा आएका हुन् ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टिमुरका २३ मध्ये १३ जना, प्रहरी चौकी रसुवागढीका ९ मध्ये १ जना, स्याफ्रुबेंसीका ८ मध्ये ५ जना, प्रहरी चौकी मैलुङका ८ जना मध्ये ३ जना, बेत्रावती प्रहरी चीकीका १० मध्ये ९ जना र प्रहरी चौधी हाकुका ६ जना मध्ये ५ जना प्रहरी सम्पर्कमा आएका हुन् ।

अझै २८ जना प्रहरी सम्पर्कविहीन रहेको बुलेटिनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?