+
+
Shares

राहत कोषमा उद्योग वाणिज्य संघ कोशीका अध्यक्षको ११ लाख सहयाेग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १०:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशीको बाढी र पहिरोबाट प्रभावित नागरिकका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रधानमन्त्री राहत कोषमा ११ लाख रुपैयाँ सहयोग गरेका छन्।
  • नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि कोशी प्रदेशका उद्योगी, व्यवसायी तथा विभिन्न संघसंस्थालाई सहयोग गर्न आग्रह गरेको छ।
  • रंगेली नगरपालिकाले जनप्रतिनिधि र सबै कर्मचारीका तर्फबाट एक दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

११ भदौ, विराटनगर । रसुवाको भोटेकोशीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले ११ लाख रूपैयाँ सहयोग गरेका छन् ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएपछि राउतले व्यक्तिगत तर्फबाट ११ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका हुन् ।

विपद्को समयमा प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि कोषमा सहयोग गरेको राउतले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि सहयोग गर्न कोशी प्रदेशका उद्योगी, व्यवसायी तथा विभिन्न संघ–संस्थालाई पनि आग्रह गरेको छ ।

रंगेलीले एक दिनकाे तलब सहयाेग गर्ने

भाेटेकाेशीमा आएकाे बाढीका कारण प्रभावितकाे राहत तथा उद्दारका लागि रंगेली नगरपालिकाले पनि सहयाेग घाेषणा गरेकाे छ ।

रंगेली नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रदिप साहका अनुसार जनप्रतिनिधि र नगरपालिकाका सबै कर्मचारीकाे तर्फबाट एक दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा जम्मा गर्ने निर्णय भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?