+
+
Shares

बाढीमा सम्पर्कविहीन भएकाहरूकाे विवरण टिपाउन माेरङ र सुनसरी प्रशासनको अनुराेध

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते ११:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढी पहिरोपछि सम्पर्कविहीन भएकाहरूको विवरण उपलब्ध गराउन मोरङ र सुनसरी प्रशासनले आग्रह गरेका छन्।
  • बाढी प्रभावित क्षेत्रमा कामको सिलसिलामा पुगेका व्यक्ति सम्पर्कविहीन हुन सक्ने भन्दै मोरङ प्रशासनले नामथर, वतन र सम्पर्क नम्बर मागेको छ।
  • सुनसरी प्रशासनले पनि जिल्लाका कोही सम्पर्कविहीन भए जानकारी गराउन अनुरोध गरेको छ।

११ साउन, विराटनगर । रसुवाको भाेटेकाेशी हुँदै त्रिशूली र नारायणी नदीमा आएकाे बाढी पहिराेका कारण सम्पर्कविहीन भएकाहरूकाे विवरण उपलब्ध गराउन माेरङ र सुनसरी प्रशासन अनुराेध गरेका छन् ।

कामको सिलसिलामा बाढी प्रभावित क्षेत्रमा पुगेकाहरू सम्पर्कविहीन भएको हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय माेरङ र सुनसरीले काेही सम्पर्कविहीन भएको भए विवरण उपलब्ध गराउन आग्रह गरेका हुन् ।

माेरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले बिहीबार एक सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा कामको सिलसिलामा गएका व्यक्तिहरू सम्पर्कविहीन भएको भए उनीहरूको नामथर, वतन र सम्पर्क नम्बर उपलब्ध गराउन सम्बन्धित परिवार तथा सरोकारवालालाई अनुरोध गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निराैलाले पनि सुनसरीका काेही सम्पर्क बिहीन भएकाे भए जानकारी गराउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?