+
+
Shares

विपद्‍मा सरकारी स्रोत साधनले मात्रै सम्भव हुँदैन, सरकारलाई साथ दिन तयार छौं : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभापति गगन थापाले विपद्मा सरकारका स्रोत र साधनले मात्र काम गर्न नसक्ने भन्दै सहयोग गर्न कांग्रेस तयार रहेको बताएका छन्।
  • गृहमन्त्री सुधन गुरुङले सडक सफा गर्न जनशक्ति अभाव भएकाले अन्य दलको सहयोग मागेका थिए, र कांग्रेसले पार्टी संरचना परिचालित हुने जानकारी गराएको छ।
  • सभापति थापाले संसद्भित्र सर्वदलीय संयन्त्र बनाउन सकिने र जलवायु परिवर्तनको प्रभावबारे छलफल गर्नुपर्ने बताएका छन्।

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस सभापति थापाले सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएका थिए ।

सभापति थापाले भने, ‘सरकारबाट भएको स्रोत र साधनबाट मात्रै यत्रो विपत्तिमा काम गर्न सम्भव हुँदैन । राज्यले सबै संयन्त्र परिचालित गरिरहेको छु भनिरहँदा सँगसँगै के पनि ख्याल गर्नु पर्दछ भन्दा नियमित समयमा सरकारसँग भइरहेका साधनहरू भन्दा बाहेक सबै राज्यकै हो । सरकारले परिचालित गर्दा हामी तयार छौं ।’

सडक सफा गर्न जनशक्ति अभाव भएको हुँदा अन्य दलबाट सहयोगको अपेक्षा गृहमन्त्री सुधन गुरुङले बैठकमा राखेका थिए । त्यसका लागि पार्टी संरचना परिचालित हुने जानकारी गराएको सभापति थापाले बताए ।

विपतिको केही समयपछि त्यसलाई बिर्सने बानी रहेको हुँदा यो प्रवृत्तिको पुनरावृत्ति नहोस् भनि सरकारको ध्यानाकर्षण गराएको सभापति थापाले बताए ।

संसद्‍भित्रबाट सर्वदलीय संयन्त्र बनाउन सकिने छलफल भएको सभापति थापाले बताए । उक्त संयन्त्रले निरन्तर कार्य गर्नसक्ने उनले बताए ।

जलवायु परिवर्तनले पारेको प्रभाव बारे छलफल गर्नुपर्ने सभापति थापाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?