News Summary
Generated by OK AI. Editorially reviewed.- सभापति गगन थापाले कांग्रेस प्रतिपक्षको भूमिकामा रहेकाले संसद्मा जनसरोकारका विषय सशक्त ढंगले उठाउन नेता तथा कार्यकर्ता सुसूचित हुनुपर्ने बताए ।
- ललितपुरको सानेपामा आयोजित ‘सुवर्ण शमशेर इकोनोमिक सिरिज’ मा उनले संसदीय जिम्मेवारी निर्वाह र नीतिगत विषयमा स्पष्ट हुन यस्ता छलफल महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
- कार्यक्रममा उठाइएका विषय र सुझावहरू संसदमा पुर्याइने उनले बताए ।
७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी प्रतिपक्षको भूमिकामा रहेकाले संसद्मा जनसरोकारका विषयलाई सशक्त ढंगले उठाउन पार्टीका नेता तथा कार्यकर्ताहरू सुसूचित हुनुपर्ने बताएका छन् ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आइतबार आयोजित ‘सुवर्ण शमशेर इकोनोमिक सिरिज’ मा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् ।
उनले संसदीय जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्न र नीतिगत विषयमा स्पष्ट हुनका लागि यस्ता छलफलहरू महत्त्वपूर्ण हुने उल्लेख गरे ।
पार्टीका नेताहरू यस्ता बौद्धिक र समसामयिक विषयमा शिक्षित हुनुपर्ने र नयाँ विषयवस्तुबारे जानकारी राख्नुपर्नेमा उनले जोड दिए । यस्ता कार्यक्रमले कार्यकर्ताको जिज्ञासा र रुचि बढाउने उनको विश्वास छ ।
‘हामी अहिले प्रतिपक्षको जिम्मेवारीमा छौं र संसदमा हाम्रा केही निश्चित उत्तरदायित्वहरू छन् । ती जिम्मेवारीलाई कसरी कुशलतापूर्वक निर्वाह गर्ने भन्ने विषयमा गम्भीर छलफल आवश्यक छ,’ सभापति थापाले भने, ‘आजको छलफलबाट साथीहरूले थप जानकारी प्राप्त गर्नुहुनेछ भन्ने मेरो विश्वास छ । यसले भोलिका दिनमा विभिन्न विषयमा व्यापक दृष्टिकोण बनाउन मद्दत पुग्नेछ ।’
कार्यक्रममा उठाइएका विषय र प्राप्त सुझावहरूलाई संसदमा पुर्याइने उनले बताए ।
प्रतिक्रिया 4