+
+
Shares

बट्टार र त्रिशूली बजारमा विद्युत् सेवा पुन: सुरु

प्राधिकरणले वैकल्पिक व्यवस्था मार्फत बालाजु-त्रिशूली र चपली-देवीघाट ६६ केभी प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी नदीको बाढीले प्रभावित नुवाकोटका बट्टार र त्रिशूली बजार क्षेत्रमा विद्युत् सेवा पुनः सुरु भएको छ।
  • नेपाल विद्युत् प्राधिकरणले बालाजु-त्रिशूली र चपली-देवीघाट ६६ केभी प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरी वैकल्पिक रूपमा आपूर्ति सञ्चालनमा ल्याएको हो।
  • प्राधिकरणले बाढीबाट क्षतिग्रस्त विद्युत् संरचना मर्मत र पुनर्स्थापना तीव्रता दिएको जनाएको छ।

११ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटका बट्टार र त्रिशूली बजार क्षेत्रमा विद्युत् सेवा पुन: सुरु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक व्यवस्था मार्फत बालाजु-त्रिशूली र चपली-देवीघाट ६६ केभी प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याएको हो ।

बाढीका कारण नियमित विद्युत् आपूर्ति प्रणालीमा क्षति पुगेपछि प्राधिकरणले उपलब्ध प्रसारण संरचनाको वैकल्पिक प्रयोग गर्दै प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनर्स्थापना गर्ने काम अघि बढाएको थियो ।

उक्त व्यवस्थापछि बट्टार, त्रिशूली बजार लगायत आसपास क्षेत्रमा विद्युत् आपूर्ति पुन: सुरु भएको जानकारी प्राप्त भएको छ ।   प्राधिकरणले बाढीबाट क्षतिग्रस्त विद्युत् संरचना मर्मत तथा पुनर्स्थापना तीव्रता दिँदै प्रभावित सबै क्षेत्रमा विद्युत् सेवा नियमित बनाउने प्रयास जारी राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?