+
+
Shares

परराष्ट्रमन्त्री खनाल र बेलायती समकक्षी मिलिब्यान्डबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाललाई बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्री मिलिब्यान्ड एड मिलिब्यान्डले बिहीबार टेलिफोन गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १५:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायतका विदेशमन्त्री मिलिब्यान्ड एड मिलिब्यान्डले बिहीबार परराष्ट्रमन्त्री शिशिर खनाललाई टेलिफोन गरी बाढीले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे।
  • मिलिब्यान्डले विपद्को कठिन घडीमा बेलायत सरकार र जनताको नेपाल तथा नेपाली जनताप्रति ऐक्यबद्धता रहेको बताए।
  • उनले बाढीपछि सम्पर्कविहीन बेलायती नागरिकको खोजी तथा उद्धार प्रयासबारे चासो राखे, र खनालले नेपाल सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार कार्यबारे जानकारी गराए।

११ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाललाई बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्री मिलिब्यान्ड एड मिलिब्यान्डले बिहीबार टेलिफोन गरेका छन्।

टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री मिलिब्यान्डले बुधबार आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे। उनले विपद्को यस कठिन घडीमा बेलायत सरकार र जनताको नेपाल तथा नेपाली जनताप्रति ऐक्यबद्धता रहेको बताए।

उनले बाढीबाट उत्पन्न परिस्थितिसँग जुध्न नेपाललाई सहयोग गर्ने बेलायत सरकारको दृढ समर्थन रहेको बताउँदै जारी खोज तथा उद्धार कार्यबारे जानकारी लिए। साथै, बाढीपछि सम्पर्कविहीन रहेका बेलायती नागरिकको खोजी तथा उद्धार प्रयासबारे पनि उनले चासो राखे।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार कार्यबारे जानकारी गराउँदै कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्ने बेलायत सरकारको तत्परताप्रति धन्यवाद व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?