११ भदौ, काठमाडौं । नेपाली सेनाले बिहीबार मात्रै ६०२ जनाको हवाई उद्धार गरेको छ । दिउँसो साढे ३ बजेसम्म ६०२ जनाको हवाई उद्धार गरिएको नेपाली सेनाले बताएको छ ।
यस्तै, सेनाले नै जमिनबाट २०० जनाको उद्धार गरेको जनाएको छ ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रहरू टिमुरे, स्याफ्रुवेँशी, धुन्चे, मैलुङलगायत इलाकाबाट ५० विदेशीसहित ६०२ जनाको हवाई उद्धार गरिएको हो ।
त्रिशूलीमा छाउनी अस्पतालबाट खटिएको डाक्टरसहितको मेडिकल टोलीले उचारको व्यवस्था मिलाएर उपचार समेत गरिरहेको पनि बताइएको छ । जहाँ ३३८ जनाको उपचार भइरहेको सेनाले बताएको छ ।
खोज तथा उद्धारलाई सहजता प्रदान गर्न ड्रोन र सैनिक डग समेत प्रयोग गरी ४ हजार २ सयभन्दा बढी नेपाली सेना परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4