+
+
Shares

‘ल्हेन्दे खोलाको ताल फुट्न सक्छ, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनू’

प्रारम्भिक अध्ययनअनुसार उक्त क्षेत्रमा करिब ०.११ वर्गकिलोमिटर क्षेत्रफलको ताल बनेको देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्राधिकरणले तालको प्राकृतिक बाँध फुटेर तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउन सक्ने जोखिम अझै कायम रहेको बताएको छ।

११ भदौ, काठमाडौं । विपद व्यवस्थापन प्राधिकरणले रसुवागढी नाकाबाट करिब १८ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई ठूलो ताल बनेको प्रारम्भिक अध्ययनबाट देखिएको उल्लेख गरेको छ । ताल फुटेर बाढी आउने जोखिम भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरेको छ ।

प्राधिकरणका अनुसार आज बिहान ११:४४ बजे प्राप्त प्लानेट ल्याब्स र ल्याण्डस्याटका स्याटेलाइट तस्वीरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनअनुसार उक्त क्षेत्रमा करिब ०.११ वर्गकिलोमिटर क्षेत्रफलको ताल बनेको देखिएको छ ।

खोलाको बहाव अवरुद्ध भएपछि बनेको उक्त तालको प्राकृतिक बाँध फुट्न सक्ने जोखिम अझै कायम रहेको प्राधिकरणले जनाएको छ । प्राकृतिक बाँध फुटेमा तल्लो तटीय क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने सम्भावना रहेको भन्दै सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको गरिएको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सबैलाई आवश्यक सावधानी अपनाउन र उच्च सतर्कताका साथ रहन प्राधिकरणले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?