+
+
Shares

बाढीपीडितलाई निजामती कर्मचारीबाट ३६ करोड बराबर योगदान गरिने

आज बसेको सचिव बैठकले सबै कर्मचारीको भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा त्यस रकम बराबरको योगदान कोषमा गर्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १८:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निजामती कर्मचारीबाट ३६ करोड रुपैयाँ बराबर योगदान हुने भएको छ ।
  • सचिव बैठकले भदौ महिनाको तलब भुक्तानी गर्दा श्रेणीअनुसार दुईदेखि १० दिनसम्मको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
  • प्रदेश सरकार, स्थानीय तह र सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई पनि सोही अनुसार योगदान गर्न आह्वान गरिएको छ ।

११ भदौ, काठमाडौं । बाढीपिडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निजामती कर्मचारीबाट ३६ करोड रुपैयाँ बराबर योगदान हुने भएको छ ।

आज बसेको सचिव बैठकले सबै कर्मचारीको भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा त्यस रकम बराबरको योगदान कोषमा गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार श्रेणीविहीन कर्मचारीबाट मासिक सुरु तलब स्केलको २ दिनको तलब योगदान गरिने छ ।

राजपत्र अनंकित कर्मचारी वा सोसरहको ५ दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सोसरहका कर्मचारीबाट ७ दिनको तलब योगदान गरिने भएको छ ।

राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीबाट १० दिन बराबरको पारिश्रमिक योगदान गर्ने निर्णय सचिव बैठकले गरेको हो । उक्त रकम अर्थ मन्त्रालय र महालेखाले कोषमा जम्मा पार्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

त्यस्तै प्रदेश सरकार र स्थानीय तह तथा सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई समेत सोही अनुसार योगदान गर्न आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?