+
+
Shares

विपद्‌मा केन्द्रित हुने र महाधिवेशन गर्ने सबै जिम्मेवारी कांग्रेसको : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रका सबैका लागि दुई जिम्मेवारी रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले नेपाली कांग्रेसको १५ औं महाधिवेशन रोक्न अल्पकालीन आदेश दिएन ।
  • उपसभापति विश्वप्रकाश शर्माले रसुवाको बाढीले खडा गरेको विपद् केन्द्रित जिम्मेवारी पूरा गर्न र महाधिवेशनको पूर्वनिर्धारित सेड्युल कार्यान्वयन गर्न आग्रह गरे ।
  • कांग्रेसले १५ औं महाधिवेशन असोज १६ देखि १९ गतेका लागि र वडा अधिवेशन २४ भदौका लागि तय गरेको छ ।

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रका सबैका लागि दुई जिम्मेवारी रहेको बताएका छन् । सर्वोच्च अदालतले महाधिवेशन मागकर्ताहरूलाई अन्तरिम आदेश नदिएपछि शर्माले बाढीको विपद्‌मा केन्द्रित हुने र नियमित महाधिवेशन गर्न जिम्मेवारी आएको बताएका हुन्।

‘सबैथरि कांग्रेसजनको ऐक्यबद्ध दुई जिम्मेवारी छ। सबै एक भएर रसुवाको बाढीले खडा गरेको विपद् केन्द्रित जिम्मेवारी पूरा गर्न लाग्ने । पार्टीको १५ औं महाधिवेशनको पुर्वनिर्धारित सेड्युल कार्यान्वयनमा लाग्ने ।’

कांग्रेसले १५ औं महाधिवेशन असोजको १६ देखि १९ गतेका लागि तय गरेको छ । वडा अधिवेशनको मिति २४ भदौ हुने गरी कार्यतालिका बनाइएको छ । संस्थापनले गर्न लागेको नियमित महाधिवेशन रोक्न अल्पकालीन आदेशको माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले अदालतमा निवेदन दिएका थिए ।

सर्वोच्च अदालतले महाधिवेशन रोक्न अल्पकालीन आदेश दिएन । अब महाधिवेशन गर्ने बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?