+
+
Shares

छोरीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते ९:५२

१२ भदौ, धनगढी । कैलालीमा छोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिकाका ७२ वर्षीय पुरुष रहेका छन् ।

उनले आफ्नै ६ वर्षीया नाबालिका छोरीमाथि जबरजस्ती करणीको प्रयास गरेको उजुरी परेको थियो । उजुरीका आधारमा इलाका प्रहरी कार्यालयले बुधबार साँझ पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीका अनुसार ती व्यक्तिलाई भारततर्फ भागिरहेको अवस्थामा त्रिनगर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । आफ्नै छोरीमाथि जबरजस्ती करणीको प्रयास गरेको कुरा सार्वजनिक भएपछि उनी फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?