+
+
Shares

सुदूरपश्चिम सरकारले बाढी प्रभावितलाई दुई करोड सहयोग गर्ने, मन्त्रीहरूले एक महिनाको तलब दिने

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी प्रभावितको राहतका लागि दुई करोड सहयोग गर्ने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री ओमबिक्रम भाटले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते ११:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेश सरकारले रसुवाका बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी दुई करोड सहयोग गर्ने निर्णय गरेको छ ।
  • मुख्यमन्त्री खगराज भट्टसहित सबै मन्त्रीले एक महिनाको पारिश्रमिक बाढी प्रभावितलाई सहयोग गर्ने निर्णय प्रदेश मन्त्रिपरिषद्ले गरेको छ ।
  • प्रदेश सरकारले प्रभावित क्षेत्रमा उपचारका लागि स्वास्थ्यकर्मी टोली पठाउने र नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

१२ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाका बाढी प्रभावितलाई दुई करोड सहयोग गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी प्रभावितको राहतका लागि दुई करोड सहयोग गर्ने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री ओमबिक्रम भाटले जानकारी दिए ।

उनकाअनुसार बैठकले मुख्यमन्त्री खगराज भट्टसहित सबै मन्त्रीले पारिश्रमिक वापत प्राप्त गर्ने एक महिनाको रकम समेत प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले घोषणा गरेको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।

प्रभावित क्षेत्रमा उपचारका लागि स्वास्थ्यकर्मी टोली पनि पठाउने निर्णय गरेको छ ।

शुक्रबारकै बैठकले नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै, नेकपा एमालेको तर्फबाट नीति तथा योजना आयोगको सदस्यमा हिरा चन्द र गंगादत्त जोशीलाई पनि  नियुक्त गर्ने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?