+
+
Shares

पशुपतिमा जनैपूर्णिमाको चहलपहल, हेर्नुहोस् १५ तस्वीर

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ भदौ १२ गते १२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आज श्रावण शुक्ल पूर्णिमामा काठमाडौंको पशुपतिनाथ परिसरमा जनैपूर्णिमा र रक्षाबन्धनका लागि भक्तजनको भीड लागेको छ।

१२ भदौ, काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा । यस दिन प्रत्येक वर्ष जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइन्छ । यस पर्वमा वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।

आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल छ ।

पशुपति क्षेत्रका वटुकहरू पनि स्नान गर्न, रक्षा बन्धन बाँध्न, जनै फेर्न व्यस्त देखिन्थे । पशुपति परिसरमा रक्षा बन्धन तथा जनै लिएर बसेका पुरोहितहरूको आफ्नै लयमा देखिन्थे । पशुपति नाथको दर्शन गर्न भक्तजनहरू लाममा देखिन्थे । रक्षा बन्धन बाँध्ने, जनै फेर्न भक्तजनहरू पनि भीड देखिन्थ्यो ।

यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

जनैपूर्णिमाका विभिन्न थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?